सोमबार ०७ पुस, २०८२

वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्न संवाद कार्यदल बनाउने रास्वपाको निर्णय

वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्न संवाद कार्यदल बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक अन्य शक्तिहरूसँग संवाद गर्ने भएको छ । पार्टी सचिवालय बैठक बसेर सहकार्यका लागि संवाद कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको बैठकले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूसँग सहकार्य गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो । ती शक्तिहरूलाई एकठाउँमा ल्याउनका लागि नेतृत्वदायी भूमिकाले खेल्ने बताइएको छ ।

‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने’ रास्वपाको निर्णयमा भनिएको छ ।

बैठकले पार्टीको पहिलो महाधिवेशन सफल बनाउन सातै प्रदेशकेन्द्रित संगठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।