सोमबार ०७ पुस, २०८२

बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ? कांग्रेस नेता डा शेखर कोईराला

बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?  कांग्रेस नेता डा शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् ।

‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् ।

नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको उनको दाबी छ ।

उनले अघि प्रश्न गरेकना छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’