सोमबार ०७ पुस, २०८२

बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघ्यो

बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम ७० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो रकम ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुमा ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने विकास बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ४० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन भएको छ । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप रकममध्ये आधाभन्दा बढी मुद्दती निक्षेपमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।