सोमबार ०७ पुस, २०८२

अमरेशले गाली बेइज्जती गरेको भनि आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो

अमरेशले गाली बेइज्जती गरेको भनि आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो

काठमाडौं । जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई गाली बेइज्जती गरेको मुद्दामा अडियो–भिडियो मगाउन आदेश दिएको छ ।

सांसद डा. अमरेशकुमार सिंहले आफूलाई गाली बेइज्जती गरेको भनि आरजुले गएको फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा फैसला सुनाउनुअघि अदालतले अडियो–भिडियो माग गरेको हो ।

यसअघि अदालतले डा. सिंहलाई उक्त आरोपबारे अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न भनेको थियो ।

सिंहले स्पष्टिकरण पेश गरेपछि सोमबार जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले गाली बेइज्जती आरोपको अडियो–भिडियोमाथि जाँच गरी निर्णय सुनाउन आदेश दिएका छन् ।