रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएसँगै बयान सुरु भएको छ ।
तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो । मिश्र मंगलबार बिहान अदालतमा उपस्थित भएसँगै इजलास तोकेर बयान सुरु भएको हो ।
चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी मिश्र विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्रलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले उनलाई सर्वोच्चको आदेशअनुसार रिहा गरेको थियो । तर, रिहा भएपछि उनी सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
