जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहकै सरकारहरू मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असरहरू कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरूलाई तीव्र रूपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको जिकिर छ । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए ।
मन्त्री ठकुरीले जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
