सोमबार ०७ पुस, २०८२

जामाचो हाइकिङमा हराएका बालकको मध्यराति सेनाले गर्‍यो उद्धार

जामाचो हाइकिङमा हराएका बालकको मध्यराति सेनाले गर्‍यो उद्धार

काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ ।

३१ जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएको भन्ने सूचना आएपछि भैरवीदल गण, नागार्जुनबाट सेनाको टोली खटिएको थियो ।

सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो ।

भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीले बताए ।

त्यसपछि ती बालकलाई परिवारमार्फत थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको सेनाले बताएको छ ।