सोमबार ०७ पुस, २०८२

अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट भारतीय कार नियन्त्रणमा

अक्सिजन सिलिण्डरभित्र लुकाएर लागु औषध तस्करी, कुलेश्वरबाट भारतीय कार नियन्त्रणमा

काठमाडौं । अक्सिजन सिलिण्डरिभि लुकाएर लागु औषध गाँजाको तस्करी हुने गरेको पाइएको छ ।

सिलिण्डर काटेर प्वाल बनाई भित्र औषधीजन्य लागु औषध ओसारपसार गरको आरोपमा प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको पन्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजार र सोही ठाउँकी २४ वर्षीया मीना मिजार छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरसहितको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी कालिमाटीको टोलीले अपरेशन गरेर पक्राउ गरेको हो ।

शुक्रबार राति ९ बजेतिर कुलेश्वरमा युपी ७८ सीबी ९८३५ नम्रको भारतीय कारलाई जाँच गर्ने क्रममा लागु औषध भेटिएको हो । कारको डिक्कीमा राखिएको अक्सििजन सिलिण्डरभित्र प्वाल पारेर र लागु औषध राखिएको थियो ।

प्रहरीले ८२ हजार ९ सय थान ट्रामाडोल, भारतीय कार, अक्सिजन सिलिण्डर, ६५ हजार नगद, २ थान मोबाइल पनि बरामद गरेको छ । उनीहरुविरुद्ध लागु औषधको कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका राजु मिजार विरुद्ध यसअघि तीन पटक लागु औषधको मुद्दा चलेको पाइएको परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।