सोमबार ०७ पुस, २०८२

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच सवा ३ घण्टा प्रतिनिधि सभाको बैठक चलेको छ ।

आइतबार रास्वपाका सांसदहरूले प्रतिनिधि सभाको बैठक अवधिभर नाराबाजी गरिरहे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बहिष्कार गरे ।

रास्वपाको वेल घेराउ र नाराबाजी तथा राप्रपाको बहिष्कारबीच आइतबार ३ घण्टा १७ मिनेट प्रतिनिधि सभाको बैठक चल्यो । प्रतिपक्षी दलहरूको विरोध र अवरोधकाबीच चलेको सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल प्रारम्भ गराए ।

आइतबार नै प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस भएको छ । अर्को बैठक सोमबार बिहान ११ बजेका लागि राखिएको छ ।